देशले ओली सरकारको बिकल्प खोजेको छ : काँग्रेस बरिष्ठ नेता पौडेल

चितवन समाचार डटकम,
२० असार ।
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकले केपी ओली सरकारको विकल्प खोजेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले सरकारको बिकल्पको लागि नेपाली काँग्रेसले भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । संसदमा काँग्रेस कमजोर भएपनि ओली सरकारको विकल्प तयारको लागि भूमिका खेल्न सक्ने बताउनु भयो । उहाले भन्नु भयो ‘काँग्रेसले अहिलेको बिकल्प दिन सक्छ सक्दैन यो प्रश्न छ, गणितले कमजोर भएपनि बलियो भएका शक्तिलाई शसक्त रुपमा अगाडि बढाउन भने काँग्रेस सक्षम रहन्छ ।’

‘देशमा संकट आउन थालेको छ’ पौडेलले भन्नु भयो ‘यो कुरा सत्ता पक्षका नेताहरुले नै उठाउन खोजिरहनु भएको छ ।’ सरकारको कमजोरीको विषयमा काँग्रेसले शसक्त प्रतिकार गर्न सक्नु पर्ने बताउनु भयो । राजनीति इतिहासमा परिपक्क पार्टी काँग्रेसनै हो त्यसले गर्दा सरकारले गतल गरे राम्रो बाटोमा जान भूमिका दिन सक्ने बताउनु भयो । काँग्रेस पार्टीको आन्तरिक समस्याले गर्दा भने जस्तो सरकारको आलोचना गर्न नसकेको स्वीकार्नु भयो ।

उहाले भन्नु भयो सरकारको एकपछि अर्को निर्णयहरु असफल हुदै गएको भन्दै आपत्ती जनाउनु भयो । राम्रो काम गर्न सकेको छैन, प्रतिपक्षलाई चिड्याउने काम मात्र गरेको छ । मुलुकलाई समृद्धिको बाटोमा लैजानु पर्नेमा कुरा मात्र गरेको भन्दै पौडेलले आपत्ती जनाउनु भयो । काम होइन कुराले मात्र दिन कटाइ राखेको छ । काँग्रेसको नेतृत्वले मेलम्चीको पानी काठमाण्डौ ल्याउने निर्णय ग¥यो तर अहिलेसम्म सरकारले काम गर्न सकेन । काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पार्टीका नेतृ उमा रेग्मी लगायतका नेताहरुले नेता पौडेललाई स्वागत गर्नु भएको थियो ।

पार्टीको आन्तरिक काममा चितवन आउनु भएका पौडेल दिनभरी विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

शेयर गरौ

ताजा अपडेट