काठमाण्डौ १९ असार । सरकारी अस्पतालको चरम बेथितिको नमुना वीर अस्पतालमा देखिएको छ ।
राजधानी काठमाण्डौ र देशका विभिन्न जिल्लाबाट उपचार गर्न आउने अस्पतालमा एमआरआइ विग्रीएको एक महिना वितिसक्दापनि वनाउन चासो दिएको छैन । उपचार गर्न आएका विरामीलाई सेवा दिन भनेर राखिएको मेसिन विग्रदा महंगो अस्पतालमा विरामी जानु पर्ने बाध्यता रहेको छ ।
वीर अस्पतालमा २०७२ साल चैतमा पहिलोपटक एमआरआई मेसिन भित्रिएको थियो । उक्त मेसिनबाट वीर अस्पताल र ट्रमा सेन्टरका बिरामीले सेवा लिदै आएका थिए । तर अहिले वीर अस्पतालको एमआरआई मेसिन बिग्रिएको एक महिनाभन्दा बढी भइसकेको छ ।
एमआरआई मेसिन बिग्रिदा अस्पतालको सेवा प्रभावित भएको अस्पतालका निर्देशक निर्देशक डा. केदार सेञ्चुरी बताउनु हुन्छ । ‘एक महिना भइसक्यो, अस्पतालको एमआरआई मेसिन बिग्रिएको छ, मेसिन बिग्रिदा सेवा प्रभाहमा समस्या भएको छ’, निर्देशक सेञ्चुरीले भन्नु भयो, ‘यहाँको एमआरआई मेसिन बिग्रिदा बिरामीहरु बाहिर गएर एमआरआई गनुपर्ने अवस्था छ ।’
वीर अस्पतालले एमआरआई गर्नुपर्ने बिरामीको अवस्थाअनुसार ४ हजारदेखि १२ हजारसम्म शुल्क लिने गरेको थियो । अस्पतालले एमआरआई मेसिनबाटै दैनिक दुई लाख रुपैयाँसम्म आन्दानी गर्दै आएको थियो । मेसिन बिग्रिएसँगै अस्पतालले उक्त आन्तरिक स्रोत गुमाउन पुगेको छ ।
वीरमा बिग्रिएको एमआरआई मेसिन एक महिनासम्म पनि नबन्दा अस्पतालले ६० लाख आम्दानी गुमाइसकेको छ । पछिल्लो एक महिनादेखि थन्किएको एमआरआई मेसिन सञ्चालनमा ल्याउन मर्मत कार्य भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।


