अर्घाखाँची १९ असार ।
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
कपिलबस्तुबाट अर्घाखाँचीको सन्धीखर्क जाँदै गरेको जिप अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटनामा परेको हो ।
११ जना सवार लु १ ज १३२९ नम्बरको जिप विहीबार सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलकोबीचमापल्टिएर खोलामा पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटना घाईते भएको ४ जनालाई उपचारका लागि बुटवल ल्याउदै गरिएको छ ।


