चितवन समाचारडटकम, १४ माघ :
‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ आज राष्ट्रियसभा बैठकमा पेश गरिने भएको छ ।
आज (सोमबार ) विहान ११ बजे बोलाइएको राष्ट्रियसभामा बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिकमन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको सचिव राजेन्द्र फुँयालको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विज्ञापन (नियमन गर्ने) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयकबारेको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।”
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विरोधकाबीच शुक्रबार प्रतिनिधिसभाबाट “राष्ट्रिय चिकित्सा विधेयक, २०७५” पारित भएको थियो ।