नेदरल्यान्डस् महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, १९ असार : 

स्विडेनलाई हराउँदै नेदरल्यान्डस् महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सको लियोंमा गएराती भएको सेमिफाइनलमा नेदरल्याण्ड्सले स्विडेनलाई १–० ले हरायो । खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन अतिरिक्त समयको नवौं मिनेटमा ज्याकी ग्रोएनले निर्णायक गोल गरिन् । यसअघि निर्धारित ९० मिनेटको समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

जितसँगै नेदरल्याण्ड्सले साविक विजेता अमेरिका विरुद्धको फाइनल भिडन्त तय गरेको छ ।

नेदरल्याण्ड्स पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

शेयर गरौ

ताजा अपडेट