कालिका १८ असार ।
पूर्वी चितवनको कालिका नगरपालिकाका भष्टाचार विरुद्ध प्रर्बद्धनात्मक कार्यक्रम गरिएको छ । निगरानी संस्थाले आयोजना गरेको सो कार्यक्रममा वडाध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य तथा विभागिय प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै मेयर खुमनारायण श्रेष्ठले कालिकाले भष्टाचार विरुद्ध शुन्यशहनशिलताको नीति अख्तियार गरेको बताए । हामी भष्टाचार सहन सक्दैनौं उनले भने कसैले भष्टाचार गरेको पृष्टि भए ठाउँका ठाउँ कारवाही गछौं । जनताले आफुहरुलाई राम्रो काम गर्न जनमत दिएको भन्दै मेयर श्रेष्ठले भष्टाचारलाई जरै देखि उखालेर फाल्ने अठोट आफुले लिएको बताए । भष्टाचार गरेको थाहापाए कर्मचारीलाई मात्र होइन जनप्रतिनिधिलाई समेत कारवाही गर्ने प्रतिबद्धता जनाए । निगरानी संस्थाका अध्यक्ष भीम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रामकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।


