काठमाडौं, १७ असार :
मनसुनको सक्रियतासँगै आज (मंगलबार) देशभरको मौसममा बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसोको समयमा देशभर सामान्य बदली भई पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जनसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार रातिको समयमा देशभर सामान्य बदलि भई पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


