चितवनका मेयरहरुको च्यालेन्ज :‘एक रुपैयाँ भ्रष्टचार गरिएको छैन,भ्रम फैलाउनेलाई कार्वाही होस्’

चितवन, असार १६ ।
भ्रष्टचार बिरोधी अभियानका नाममा दौडाहामा रहेका ज्ञानेन्द्र शाहीले केही दिन अघि भरतपुरको सार्वजनिक स्थलमा यहाँका स्थानीय तहमा भ्रष्टचार भएको भनि दिएको अभिब्यक्ती प्रति पालिकाका प्रमुखहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । स्थानीय तहका प्रमुखहरुले यहाँ कुनै भ्रष्टचार नभएको तर शाहीले तथ्यहीन भाषण गरेर भ्रम फैलाएको बताएका छन् ।
भ्रष्टचारलाई प्रमाणित गर्न चितवनका स्थानीय तहले शाही र उनको अभियानलाई चुनौती दिएका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा के कति भ्रष्टाचार भएको छ ? तथ्यसहित प्रमाणित गर्न चुनौती दिँदै अनावश्यक भ्रम फैलाएर ब्यवस्थामाथी बदनाम गर्ने छुट कसैलाई नभएको बताउनु भयो । प्रमुख दाहालले आफु भ्रष्टाचार गर्ने, मोजमस्ती गर्ने मेयर नभएको भन्दै मध्य नेपालको भरतपुरलाई सुन्दर शहर बनाउने सपना बोकेर आएको बताउनु भयो । आफुबाट एक रुपैयाँ पनि भ्रष्टचार नहुने मेयर दहालले बताउनुभयो ।
सोही अनुरूप काम अगाडि बढिरहेको बताउँदै उहाँले भरतपुरमा आफु पनि भ्रस्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताउँदै कुनै न कुनै स्वार्थ बोकेर हिँडेका कथित अभियान्ताको हल्लाको पछाडि दौडने फूर्सद नभएको बताउनु भयो । उहाँले तथ्यसहित अनियमितता प्रमाणित भए आफु जस्तोसुकै कारबाही भोग्न तयार भएको भन्दै भरतपुरमा कुनै पनि प्रकारको अनियमितता नभएको बताउनु भयो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले आधारहीन हल्ला चलाएर जनता भड्काउन खोज्ने कथित अभियन्तालाई कारबाही गर्न सरकार संग माग गर्नुभयो । प्रमुख वनले शाहीलाई तथ्यसहित प्रमाणित गरेर देखाउन चुनौती समेत दिनुभयो । उहाँले ज्ञानेन्द्र शाहीको कथित अभियान संघीयतालाई बदनाम गर्न खोज्ने कथित तत्वहरूको योजनाबद्ध डिजाइनमा आएको बताउँदै शाही र उनको तथाकथित अभियान्ताहरूलाई तत्काल कारवाही गर्न माग गर्नुभयो ।

माडी नगरपालिका प्रमुख ठाकुर ढकालले रातदिन नभनी नगरको बिकास र नगरबासिको पिरमर्कामा खटिइरहेका जनप्रतिनिधीलाई बदनाम गर्ने छुट कुनै पनि अभियान्तालाई नभएको भन्दै शहीलाई उनले बोलेका कुरा प्रमाणित गर्न चुनौती दिनुभयो ।
इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङले ज्ञानेन्द्र शाही र उनको अभियानले लगाएको आरोप हास्यास्पद भन्दै सडकमा हल्ला गर्नेभन्दा प्रमाणित गर्न चुनौती दिनुभयो । उहाँले जनताको आशाको केन्द्र स्थानिय तह र त्यसका प्रमुखलाई बदनाम गर्न सडकमा चलाइएको हल्ला गम्भीर रहेको बताउँदै तथ्यहीन आरोप लगाएर जनप्रतिनिधिहरूको बदनाम गर्ने छुट कोही कसैलाई नभएको बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट