भरतपुरको नगरसभा सम्पन्न : बिकासलाई दिगो, गुणस्तरीय र पारदर्शी बनाउने निर्णय

चितवन, असार १६ ।
भरतपुर महानगरपालिकाकाको चौथो नगर सभा सोमबार सम्पन्न भएको छ ।
नगर सभाले मेयर रेनु दाहालबाट प्रस्तुत नीति तथा कार्यक्रम, उपमेयर पार्वती शाह ठकुरीबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेटसँगै विभिन्न विधेयकहरु पारित गरेको छ ।
सभाले आ.व. ०७६र०७७ को नीति तथा कार्यक्रम, आ.व. ०७६र०७७ को आय व्ययको विवरण, आ.व. ०७६र०७७ को अर्थ विधेयक, आ.व. ०७६र०७७ को विनियोजन विधेयक, राजश्व विधेयक २०७६, आर्थिक कार्य्विधि नियमित गर्न बनेको विधेयक २०७६, सार्वजनिक नियमावली, २०७६ लाई व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
नगरसभाले विकास निर्माणलाई दिगो पारदर्शी र गुणस्तरीय बनाउने निर्णय लिएको छ ।
उत्पादनको क्षेत्रमा लगानी केन्द्रीत गर्ने निर्णय गरेको छ । शिक्षा, स्वास्थ्य र पर्यटनको विकास र विस्तारमा केन्द्रीत हुने प्रतिज्ञा गरेको छ ।

कर्मचारीहरूलाई काममा केन्द्रीत गर्न प्रोत्साहनको व्यवस्था गर्ने निर्णय लिएको छ । महानगरपालिका हाताभित्र सुर्ति, चुरोट, खैनी, गुट्खाको प्रयोगमा निषेध गरेको छ ।

त्यस्तै यसैगरी सभाले भरतपुर महानगरपालिकाको नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्य्विधि २०७६, सार्वजनिक खरिद नियमावली २०७६ लाई व्यवस्था गर्न बनेको विधेयक, भरतपुर महानगरपालिकाको नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्य्विधि २०७६ पारित गरेको छ ।

नगर सभामा नगर सदस्यहरु किशोर पौडेल, राममाया पिया, चुन्चा परियार, प्रेमप्रसाद पाठक, दामोदर सुवेदी, किशोर सापकोटा, शान्ति पराजुली, लक्ष्मीदेवी महतो, बलराम जीसीलगायत १८ जनाले छलफलमा भाग लिएका थिए ।
मध्यनेपालको सुन्दर शहर, समृद्ध र सुसँस्कृत भरतपुर महानगर भन्ने मूल नारासाथ भएको सभामा विभिन्न विषयगत समितिका संयोजकहरु अरुण पीडित भण्डारी, पदमपाणी सुवेदी, चित्रसेन अधिकारी, विष्णुराज महतो, जयराम श्रेष्ठ, दामोदर न्यौपाने, विजय भुजेल लगायतले नगर सदस्यहरुको गुनासोको सम्बोधन गर्दै आफ्ना धारणा राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले महानगरपालिकाले प्रवाह गरेका विषय र योजनाहरुको बारेमा धारणा राख्नुभएको थियो । सभामा उपमेयर ठकुरीले न्यायिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शनिबार पहिलो नगर सभा समुद्घाटन गर्नुभएको थियो ।
सम्पन्न सभाले भरतपुरका संस्थापक मेयर मुक्तिलाल चुकेको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । भरतपुर महानगरपालिकाको विशेष नापी गर्ने निर्णय गरेको छ ।

शेयर गरौ

ताजा अपडेट