चितवन, असार १६ ।
भरतपुर महानरपालिकाको निर्वाचनमा मतगणनाको क्रममा मत पत्र च्यातेको अभियोग लागेका दुईजनालाई जिल्ला अदालत चितवनले जनही एकलाख रुपैया सजायको फैसला गरेको छ ।
निर्वाचन कसुर सम्बन्धी मुद्धामा चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले आज सो साजय तोकेको हो । दोषी ठहर भएकामा द्रोण शिवाकोटी र मधु न्यौपाने रहेका छन् । न्यायाधीश श्रेष्ठको इजलासले नै गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरेको थियो ।


