प्रहरी र बिप्लवका कार्यकर्ता बिच गोली हानाहान, सेना पुग्यो हेलिकप्टर लिएर

संखुवासभा, १६ असार ।
संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ । त्यसक्रममा फायरिङ भएको प्रहरीले दाबी गरेको छ । तर, दुवै पक्षमा कुनै क्षति नभएको स्रोतले जानकारी दिएको छ ।

सिलिचोङ गाउँपालिका–१ मा गस्तीका लागि टोली गएको प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले बताएका छन् । ‘गस्तीमा टोली गएको छ । कहिले काहीँ फिल्डमा जाँदा सांकेतिक फायरिङ हुन्छ । अरु केही होइन’, डीआइजी ज्ञवालीले भने ।

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको बताएका छन् । उनी भन्छन्, ‘उनीहरुले फायर गर्दै जङ्गलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ । थप विवरण आइसकेको छैन ।’ अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पठाइएको प्रहरीले जनाएको छ ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि सेनाका तीनवटा हेलिकोप्टर पुगेका छन्। काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेका छ। तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै सिपाहीँ सिलिचोङमा उतारिएको छ।

शेयर गरौ

ताजा अपडेट