चितवन समाचार डटकम
१६ असार ।
वाल्मीकि शिक्षा सदन भरतपुरले यस वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याउने जिल्लाका विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
शिक्षा सदनले आज भरतपुरमा पत्रकार सम्मेलनगरी आफ्नो विद्यालयका तीन जना र जिल्लाका अन्य विद्यालयका आठ गरी एघार जना विद्यार्थीलाई सम्मान गरेको हो । उनीहरुलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । एसईई परीक्षामा राम्रो अंक ल्याएर उतीर्ण गरेका विद्यार्थीले आफ्नो भविश्यको लागि उच्च शिक्षा अध्ययन गर्ने स्थान छनौट गर्दा ध्यान दिनु पर्नेमा जोड दिएको थियो ।
४ जीपीए ल्याउने विद्यार्थीमा वाल्मीकि शिक्षा सदनका सुवास कडेल, सुप्रिमा दाहाल, आयुषा सापकोटा, दिनानाथ उपाध्याय न्यु भिजन स्कुल, शिक्षा पौडेल एसओएस हर्मन माइनर, हिमाल रानाभाट, विशाल पौडेल स्काइराडर स्कुल, आशिष पौडेल एकता शिक्षा निकेतन, होमनाथ पौडेल, सन्देश रेग्मी एन्जल वल्र्ड स्कुल, इश्वरकुमार भण्डारी प्रेरणा इंङलिश स्कुलका रहेका छन् ।
वाल्मीकि शिक्षा सदनका प्रचार्य लक्ष्मीकान्त चालिसेका अनुसार विद्यालयले २०५७ को एसएलसीदेखि उत्कृष्ट अंक ल्याउन सफल भइराखेको जानकारी दिनु भयो । २०५७ सालमा नेपालको वर्ड दशौ स्थान हासिल गर्नु भएका रविन्द्रनिवास त्रिपाठी, २०७१ को कक्षा ११ को विज्ञान संकायमा हरि सेढाइले नेपाल प्रथम भएको, त्यस्तै गरी कक्षा ११, १२ र एसइइ परीक्षामा जिल्ला प्रथम, जिल्ला दुतीय हुन सफल भएको जानकारी दिनु भयो । जिल्लामा शैक्षिक सस्थाले राम्रो सफलता पाउन सफल भएको उहाले बताउनु भयो ।


