चितवन समाचार ड्ट्कम
१५ असार । चितवनको दिव्यनगरमा उल्लासमय तरिकाले धान दिवस मनाइयको छ ।
राष्ट्रिय धान दिवसको अबसर पारेर औपचारिक कार्यक्रम गरि यहाँ दिवस मनाइयको हो । भरतपुर महानगरपालिका वडा नम्बर २६ दिव्यनगर रोपाई महोत्सव आयोजना गरियको थियो ।
कृषि ज्ञान केन्द्र भरतपुर, भरतपुर महानगर कृषि शाखा र बृहस्पती धानबाली पकेट सञ्चालक समिति संयुक्त रुपमा महोत्सव मनायको हो । रोपाइ महोत्सबको प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति कृष्ण भक्त पोखरेलले उद्धघाटन गर्नुु भयो ।

उहाले विउ धान रोप्ने यन्त्रमा राखेर धान रोप्दै शुरु गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पोख्रेलले चितवनले अन्न उत्पादनको ठुलो हिस्सा ओगट्ने गरेको खेतीयोग्य जमिन नास हुँदै गईरहेको प्रति चिन्ता व्यक्त गर्ननु भयो । कृषि माा यन्त्र प्रयोग गरेर उत्पादन वृद्धि गर्न्नु पर्न्नेमा जोड दिनु भयो ।
प्रदेश सभा सदस्य घनश्याम दाहालले मुख्य बाली धान खेतीलाई प्रदेश सरकारले चक्लावन्दी गर्ने अभियान सुरु गरेको भन्दै अब किसाहरु चक्लावन्दी गर्दै यन्त्रको प्रयोग गरेर कृषिमा लाग्नुपर्ने बताउनु भयो ।
कृृषि ज्ञान् केन्द्रका प्रमुख सुधीर श्रेष्ठले धान खेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनिकरण भन्ने नारासहित दिवस मनाईएको बताउदै धानसगैँ अन्य वाली उत्पादनमा केन्द्रले यन्त्रको प्रयोगमा जोड दिएको बताउनुु भयो ।


