चितवन १४ असार ।
मदन भण्डारीको जन्म जयन्तीको अवसरमा चितवन जिल्लाका विभिन्न स्थानमा बृक्षारोपण गरिएको छ ।
भरतपुर महानगरपालिकाको वडा नंं २ नारायणी नदी किनार, वागेश्वरीलगायत विभिन्न क्षेत्रमा बृक्षारोपण गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी चितवनका अध्यक्ष यमबहादुर परियार, जिल्ला नेता तेजेन्द्रबहादुर खड्कालगायतका नेताहरु सहभागी भएको कार्यक्रममा एकसय भन्दा धेरै विभिन्न जातका विरुवा रोपिएको हो । आज नेपालभरी बृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।


