अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं, १४ असार :

भेनेजुएलालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलमा आज बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले पाखा लगायो । अर्जेन्टिनालाई विजयी गराउन दुबै गोल सर्जियो अगुएरोले गरे । अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि आयोजक ब्राजिलसँग खेल्नेछ । यसअघि हिजो भएको पहिलो क्वाटरफाइनलमा पाराग्वेलाई टाई–ब्रेकरमा हराउँदै ब्राजिल सेमिफाइनलमा पुगेको थियो ।

कोपा अमेरिका फुटबलकै अर्को क्वाटरफाईनल खेलमा अहिले कोलम्बिया र चिली भिडिरहेका छन् ।

शेयर गरौ

ताजा अपडेट