कंगोको खानी दुर्घटनामा कम्तीमा १९ बाल मजदुरको मृत्यु

काठमाडौं, १४ असार :

कंगोको दक्षिणी क्षेत्रमा सन्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सन्चालन गरिरहेको छ । ग्लेनकोरको सहायक कम्पनी कामोतो कपर कम्पनी (केसीसी)ले ती मजदुरलाई काममा लगाएको थियो ।

ग्लेनकोरले दुईओटा अग्ला पर्खाल ढलेका कारण अरु मजदुर पनि चेपुवामा परेको हुनसक्ने बताएको छ । केही सन्चारमाध्यमले मृत्यु हुनेको संख्या अरु बढी रहेको आशंका गरेका छन् । ग्लेनकोरले पछिल्ला दिनहरुमा गैरकानुनी तरिकाबाट बालबालिका खानी मजदुरमा काम गर्न थालेको जनाएको छ ।

यहाँको खानीमा दैनिक दुई हजारभन्दा बढी व्यक्ति जबर्जस्ती आएर काम गर्ने गरेको कम्पनीले दाबी गरेको छ । ‘अल जजिरा’ टेलिभिजनकाअनुसार सन् २०१६ मा यही खानीमा करिब २५० मिटर अग्लो पर्खाल भत्किएर सातजना कामदारको ज्यान गएको थियो ।

अफ्रिकाका धेरै मुलुकमा अवैज्ञानिक तरिकाबाट खानी उत्खनन् गर्नेक्रममा वर्सेनि धेरैको ज्यान जाने गरेको छ ।

शेयर गरौ

ताजा अपडेट