चितवन समाचार डटकम,
१३ असार ।
नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य वृद्धि गरेको छ । संघले असार १४ गतेबाट लागू हुनेगरी ठुलो अण्डामा हालको मुल्यमा २७ प्रतिशत र मिडियम अण्डामा ४७ प्रतिशत मूल्य वृद्धि गरेको जनाएको छ ।
शुक्रबार साँझ भरतपुरमा पत्रकार भेटघाटमा संघका अध्यक्ष त्रिलोचन कंडेलले किसानले पाउने मूल्य ठुलो अण्डाको प्रति क्रेट रु २५५ र मिडियम अण्डाको प्रतिक्रेट रु १७० कायम गरिएको जानकारी दिनुभयो ।
हाल ठुलो अण्डाको प्रति क्रेट रु २०० र मिडियम अण्डाको प्रतिक्रेट रु ११५ मूल्य किसानले पाउदै आएका छन् ।
हाल कच्चा पदार्थको पटक पटकको मूल्य वृद्धि र विगत ७ र ८ महिनादेखि पोल्ट्री जगतले संक्रमण भोग्नुपरेको अध्यक्ष कडेलले बताउनुभयो । यसकारण किसानले ठुलो मर्का भोग्नुपरेको उहाँको भनाइ छ ।
संघका सल्लाहकार एवम् अन्नपूर्ण पोल्ट्रीका सञ्चालक अर्जुन अर्यालले सरोकारवाला विचमा परामर्श भई आएको नयाँ मुल्यले किसानलाई केही राहत हुने बताउनुभयो ।


