पाल्पामा दलित पत्रकारहरुकाेे राष्ट्रिय भेला, तयारी पुरा

अमिर रामदाम,
तानसेन (पाल्पा), असार १३ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र पाल्पा शाखाको आतिथ्यतामा हुने दलित पत्रकारहरूको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ ।
पत्रकारिता क्षेत्रमा काम गर्दै आएका देशभरका दलित पत्रकारहरुको राष्ट्रिय सम्मेलन यही असार १४ र १५ गते तानसेनस्थीत तानसेन नगरपालिकाको सभाहलमा हुदैँछ ।
सो राष्ट्रिय सम्मेलनमा देशभरबाट झण्डै एकसय भन्दा बढी पत्रकारको सहभागिता रहने पत्रकार महासंघ पाल्पाले जनाएको छ ।
सम्मेलन सफल पार्नको लागि पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । सो समितिको सदस्यहरूमा शाखाको कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रीय तथा प्रदेश प्रार्षद, विभिन्न संचार माध्यमका प्रमुख रहेका छन् । पत्रकार सम्मेलनमा दलित पत्रकार महासंघ केन्द्रीय सदस्य मधु शाहीले पाल्पामा हुन गइरहेको यो सम्मेलन ऐतिहासिक भएको बताउँदै सम्मेलन सफलताको लागि पाल्पाली पत्रकार लगायत सबैको साथ र सहयोग आवश्यक रहेको बताईन ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले सम्मेलनमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सूचनाको हक, अनुसन्धानकर्ता जे वि विश्वकर्माले दलित पत्रकारका विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै संगितिक कार्यक्रम प्रस्तुत गरिने बताए ।
सम्मेलनको उद्घाटन कार्यक्रम गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य गोपाल बराईलीले जानकारी दिए ।
देशभरबाट जम्मा हुने पत्रकारहरुलाई पाल्पाको पर्यटकीय स्थल श्रीनगरडाँडा,ऐतिहासिक भैरबनाथ मन्दिर,पाल्पा दरबार संग्रालय र अन्य स्थलहरुको घुम्ने व्यवास्था गरेको पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष तथा अतिथि स्वागत समितिका संयोजक भगवान भण्डारीले बताए ।

शेयर गरौ

ताजा अपडेट