चितवन , १३ असार ।
तत्कालीन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको निधन भएको प्रति भरतपुर महानगरपालिकाले दु:ख ब्यक्त गरेकाे छ ।
महानगर प्रमुख रेनु दाहालले शाेक बक्तव्य जारी गरि चुकेकाे निधनले मर्माहत बनेकाे जनाउनुभएकाे छ ।
चुकेकाे निधनले ईमान्दार जनप्रतिनिधि र समाजसेवि गुमाउनु परेकाे शाेक बक्तव्यमा उल्लेख छ । प्रमुख दाहालले स्वर्गीय चुकेलाई श्रद्धाञ्जली व्यक्त गर्दै साेकसन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ ।

नारायणगढमा रहेको उहाँकै निवासमा आज बिहान ११ बजे निधन भएको हो ।
समाजसेवी चुके २०३५ सालमा तत्कालीन भरतपुर नगर पञ्चायतको मेयर बन्नुभएको थियो । नगरको विकासमा उहाँको ठूलो भूमिका रहेको उहाँका सहकर्मीहरु बताउँछन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले समाजसेवी चुकेको निधनले समाजसेवामा क्षति पुगेको बताउनुभयो । २०६२ सालमा मर्निङ वाकको समयमा मोटरसाइकलले ठक्कर दिएदेखि उहाँ अस्वस्थ रहँदै आउनुभएको थियो ।
प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षीय सांसदसमेत रहनुभएको थियो । स्व. चुकेको भोलि देवघाटमा अन्त्येष्टि गरिने परिवारले बताएका छन् ।
स्वर्गीय चुकेकाे मरणाेपरान्त नेत्र दान गरिएकाे छ ।


