चितवन समाचार डटकम
१३ असार । निर्माण व्यवसायी संघ चितवनले सडक निर्माणका लागि चाहिने कच्चा पदार्थको अभाव भएको जनाएको छ ।
सडक बनाउने चाहिने अलकत्र, विटुमिन, मट्टितेल आदिको अभाव भएको भन्दै संघले हाल निर्माण भइराखेका सडक आयोजना समयमा सम्पन्न गर्न समस्या उत्पन्न भएको जनाएको छ । संघका महासचिव भिष्म अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै कच्चा पदार्थको सहजीकरणमा राज्यले आवश्यक ध्यान दिन माग गर्नु भएको छ ।
‘अहिले हरेक क्षेत्रका सडकमा धमाधम कालोपत्रे हुनु पर्नेमा र कच्चा पदार्थ सहजीकरणमा राज्यले आवश्यक ध्यान दिनु पर्नेमा कुनै चासो नराखेको पाइयो । समयमा नै कार्यसम्पादन गर्न राज्यले आवश्यक कदम चालोस ’ विज्ञप्तिमा भनिएको छ ।
जारी विज्ञप्तिमा गत वर्षको साउनमा जिल्ला दर रेट सनर्धारण गरिएतापनि हाल निर्माण सामग्रीको मुल्य अत्याधिक बृद्धि भएको तर पुरानो दर रेटमा काम गर्नु परेको भनी उल्लेख गरिएको छ ।
चितवनमा करिव एक हजार ५ सय टन अलकत्र प्रयोग हुने संघका चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले चितवन चितवन समाचार डटकम लाई जानकारी दिनुभयो । घिमिरेका अनुसार यसको अभाव बैशाख महिनाबाट शुरु भई अहिले चरम अभाव भएको छ ।



