आयो कोरिया भाषा परिक्षाको नतिजा

काठमाडौं, १३ असार ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया भाषा परीक्षामा १२ हजार नौं जना उत्तीर्ण भएका छन् । गएको जेठ २६ र २७ गते भएको परीक्षामा ७४ हजार ८६० जनाले परीक्षा दिएका थिए । परीक्षाका लागि ८२ हजार २३५ जनाले आवेदन दिएको इपीएस सेन्टरले जनाएको छ ।

कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए।

शेयर गरौ

ताजा अपडेट