चितवन समाचार डटकम, १२ असार ।
चितवनको भरतपुरमा रहेको सामुदायिक बिद्यालय नारायणी नमुना माध्यमिक बिद्यालयले यस बर्ष पनि एसईई परिक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ ।
बिद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीका अनुसार चारजना बिद्यार्थीले ३.९५ जिपीए प्राप्त गरेका छन् । ति चार जना सहित ८३ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् । नारायणी नमुना माध्यमिक विद्यालयका बिद्यार्थीहरु दिवस लामिछाने, सभ्यता थपलिया, सुविना कुमारी चौधरी र रोजसिन श्रेष्ठले एस.ई.ई. परिक्षाको नतिजामा ३.९५ जिपीए ल्याउन सफल भएका छन् ।
त्यसैगरी ९७ जना बिद्यार्थीले ए ग्रेड, ५३ जनाले बि प्लस, ४० जनाले बि र ८ जनाले सी प्लस ग्रेड प्राप्त गरेका छन् । राम्रो नतिजा, गुणस्तरीय पठनपाठनका कारण सरकारी बिद्यालय भएपनि नारायणी नमुना माध्यमिक बिद्यालयको बिद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ ।


