काठमाण्डौ , १२ असार ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलकी सचेतक शान्ता चौधरी एसइइ परीक्षामा पास हुनु भएको छ । बिहीबार सार्वजनिक भएको नतिजामा सांसद चौधरीले ग्रेड बि ल्याउनु भएको हो ।
नतिजा सार्वजनिक भएपछि उहाले आफ्नो अथक मेहनत सफल भएको प्रतिक्रिया दिनुभयो ।
यसैगरी , अभिनेत्री करिश्मा मानन्धर एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्तिर्ण हुनु भएको छ । आज सार्वजनिक भएको नतिजामा उहाले थ्रि जीपीए अंक ल्याउन सफल हुनु भएको हो ।
तीन दशक लामो अभिनय यात्रापछि करिश्माले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिनु भएको हो । उहाको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो ।


