भरतपुर, १२ माघ :
बोस्टन इन्टरनेशल कलेज चितवनको आयोजनामा “बोस्टन इन्डेभर–२०१९” को प्लस टु तहको कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ ।
कलेज परिसरमा भएको कार्यक्रममा चितवन र नवलपुरबाट १२ ओटा प्लस टू तहका विद्यालयबाट विद्यार्थीहरुको सहभागिता रहकोे थियो ।
प्रतियोगितामा मानव संशाधन, उद्यमशिलता, वित्तिय व्यवस्थापन, बजारशास्त्र, सामूहिक क्रियाकलाप र सीईयो गरि ६ विधा समावेश गरिएका बोस्टन इन्टरनेशल कलेजका कार्यक्रम संयोजक ईश्वर सापकोटाले जानकारी दिनुभयो । संयोजक सापकोटाले भन्नुभयो, “विद्यार्थीलाई सैद्धान्ति र किताबी ज्ञानलाइ व्यवहारिक जीवनमा कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने ज्ञान कार्यक्रमले दिएको छ । “ प्रतियोगितामा उत्कृष्ट प्रस्तोताले कार्यक्रमको हरेक विधामा छुट्टै पुरस्कार प्राप्त गरेकोे उहाँले बताउनु भयो ।
बोस्टन इन्डेभर – २०१९ नाम दिईएको कार्यक्रममा प्लस टु तहका विद्यार्थीलाई यो वर्षबाट समेटिएको छ । पहिलो संस्करणमा स्नातक तहलाई मात्र समावेश गरिएको थियो ।
प्रतियोगितामा ओभर अल कम्पिटिसनमा वाल्मिक शिक्षा सदन प्रथम भएको छ । गु्रप टास्क तर्फ सर्नराईज इंंलिस बोडिङ प्रथम, वाल्मिक शिक्षा सदन द्धितिय र नारायणी मा.वि तृतिय भएको छ ।
त्यस्तै गरि ईन्टरपियरसिप अन्तर्गत वाल्मिक शिक्षा सदन प्रथम, पंचकन्या विद्या मन्दिर द्धितिय र अर्किड साईन्स कलेज तृतिय भएको छ । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको मार्केटिङ क्षमता बढाउन मार्केटिङको कार्यक्रम समेत राखिएको थियो जसमा गुरुकुल कजेल प्रथम, न्यु क्यापिटल कलेज द्धितिय र सर्नराईज इंंलिस बोडिङ तृतिय भएका थिए ।
कार्यक्रममा प्रथम हुने विद्यालयका विद्यार्थीहरुले रु २५००० नगद पुरस्कार प्राप्त गरेका थिए भने द्धितिय र तृतिय हुनेलाई मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।