काठमाडौं, ११ असार ।
डेनमार्कमा ४१ वर्षीय मेट फ्रेडेरिक्सनले नयाँ प्रधानमन्त्री बनेकी छिन् । उनी डेनमार्ककै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री पनि बनेकी हुन् ।
गत ५ जुनमा भएको निर्वाचनमा फ्रेडरिक्सनको नेतृत्वमा रहेको पाँच दलको बामपन्थी गठबन्धनले बहुमत ल्याएको थियो ।लार्सलोक्के र्यामसनको नेतृत्वमा रहेको मध्यपन्थी सरकारलाई विस्थापन गर्दै फ्रेडेरिक्सन नयाँ प्रधानमन्त्री बनेकी हुन् ।


