चितवन समाचार डटकम, १० असार ।
भरतपुर महानगरपालिकाले दुध उत्पादन गर्ने किसानलाई बिशेष राहतको घोषणा गरेको छ ।
आज सार्वजनिक गरेको आर्थिक बर्ष २०७६÷०७७ को बजेटमार्फत महानगरले दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरुप बिशेष राहतको घोषणा गरेको हो ।
महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरले सहकारीमा आवद्ध किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान दिनेछ ।
यस अघि प्रति लिटर २५ पैसाको अनुदानको ब्यवस्था थियो ।
यसमा बढाएर एक रुपैयाँ पुर्याइएको हो । हाल दैनिक ८९ हजार लिटर दुध किसानले सहकारी मार्फत बिक्रि गर्दै आएको महानगरले जनाएको छ । यसका लागी ३ करोड रुपैया बजेट छुट्याइएको प्रमुख दाहालले जानकारी दिनुभयो ।
यो कार्यक्रमले किसानहरुलाई थप प्रोत्साहन मिल्ने बिश्वास लिइएको महानगर प्रमुख दाहालले बताउनुभयो ।


