रत्ननगर नगरपालिको बजेट एक अर्ब ५ करोड, पूर्वाधार विकासमा जोड

चितवन, १० असार । रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि १ अर्व ५ करोड ३२ लाख रुपैया बरावरको वजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको मंगलवार सुरु भएको पाँचौ नगर सभाले आगामी आर्थिक वर्षका लागि १ अर्व ५ करोड वरावरको बजेट ल्याएको हो । नगर सभामा उपमेयर विमलादेवी दुवाडीले बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि १ अर्व ५ करोडको बजेट ल्याउन लागेको बताउनु भयो । नेपाल सरकारबाट शशर्त अनुदान २८ करोड २० लाख, समानिकरण अनुदान १९ करोड १३ लाख, राजस्व वाँडफाँडमा ११ करोड ६९ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड १० लाख, शशर्त अनुदान ४ करोड ९६ लाख, राजस्व वाँडफाँडमा ३ करोड ३१ लाख,सामाजिक सुरक्षा २० करोड आम्दानी हुने अनुमान छ ।

त्यस्तै समपुरक अनुदान २ करोड, विषेश अनुदान २ करोड, सडक वोर्डबाट ८० लाख, प्रधानमन्त्री रोजगारी कार्यक्रमबाट ५० लाख गरी कुल १ अर्व ५ करोड रुपैयाको वजेट रहने छ । क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड २५ लाख, सामाजिक विकासमा १ करोड ९३ लाख, संस्थागत विकास तथा सुशासनमा ३७ लाख, वातावरण तथा विपद व्यवस्थापनमा ८७ लाख, पुर्वाधार विकासमा ८ करोड ६७ लाख रहेको उपमेयर विमला दुवाडीले जानकारी दिनु भयो ।

मेयर नारायण वनले प्रस्तुत गर्नुु भएको नीति तथा कार्यक्रममा विपन्न समुदायको भान्सामा सुधारिएको चुलो निर्माण गर्ने उल्लेख गरिएको छ । साथै नगरपालिकाले नगरवासीले अनुभूति गर्ने गरी टाँडी बजार र सौराहाचोकमा आकासे पुल र एक वडा एक पुस्तकालय निर्माण गरिने मेयर नारायण वनले बताउनु भयो । नीति तथा कार्यक्रममा पर्यटकीय पुर्वाधारका रूपमा सौराहा क्षेत्रमा आधुनिक पर्यटन वसपार्क, पर्यटन सुचना केन्द्रको निर्माण, “नगर प्रमुखसँग उद्यमशिलता विकास” कार्यक्रम संचालन गरिनेछ ।

शेयर गरौ

ताजा अपडेट