नेकपा चितवनको सपथ ग्रहण(नामावली सुचि सहित), साउन भित्र तल्लो कमिटिलाई पूर्णता दिने निर्णय

चितवन समाचारडटकम, ९ असार ।
नेपाल कम्युनिष्ट पार्टी चितवनको जिल्ला कमिटिको सपथ ग्रहण सोमवार सम्पन्न भएको छ ।
एक सय ५५ सदस्यीय कमिटिलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक औपचारिक समारोहका बिच सपथ ग्रहण गराउनुभएको हो ।
पार्टी जिल्ला अध्यक्षमा यमवहादुर परियार ईन्द्रजित र सचिवमा कृष्णभक्त पोखरेलले सपथ ग्रहण गर्नुभयो ।
जिल्ला कमिटिमा ८० जना पूर्व एमाले र ७५ जना पूर्व माओवादीबाट रहेका छन् ।
सपथग्रहण समारोहमा पार्टी केन्द्रीय अध्यक्ष प्रचण्ड, स्थायी कमिटि सदस्यहरु सुरेन्द्र पाण्डे, अमिक शेरचन, अष्टलक्ष्मी शाक्य, प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, केन्द्रिय सदस्यहरु काशिनाथ अधिकारी, केशवलाल श्रेष्ठ, कृष्णप्रसाद खनाल, रेनु दाहाल, ईश्वरी भट्टराई सहित प्रदेश कमिटिका सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ।
सपथ ग्रहण पछि बसेको जिल्ला कमिटिको पहिलो बैठकले साउन मसान्त सम्म तल्ला तहको कमिटि गठन गरिसक्ने निर्णय गरेको छ ।
जिल्ला कमिटिका सदस्य तेजेन्द्र खड्काका अनुसार बैठकले साउन मसान्त भित्र कार्ययोजना तयार पारी तल्लो कमिटिको पूर्णता दिने निर्णय गरेको छ ।
स्थानीय सरकारहरुवाट भएका कामकार्वाहीलाई जनस्तरमा पुर्याउन छिट्टै कार्यबिभाजन गर्ने निर्णय बैठकले गरेको छ ।
साथै पार्टि अनुशासन, मर्यादालाई ब्यबस्थित गर्न जिल्ला कमिटिका सदस्यहरुका लागि १२ बुदें आचार संहिता लागु गर्ने बैठकले निर्णय भएको छ ।

नामावली सुचि

 

प्रचण्डको चेतावनी ः ‘पार्टी एकता हुदाको सहमती पालना नभए दुर्भाग्यपूर्ण’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्दा भएका सहमतीको पालना नभए दुर्भाग्यपूर्ण हुने चेतावनी दिनुभएको छ ।


जिल्ला कमिटि चितवनको सपथग्रहण कार्यक्रमलाई भरतपुरमा सोमवार संवोधन गर्दै अध्यक्ष प्रचण्डले सहमती पालना नगर्नेलाई सबैले खण्डन गर्नुपर्ने बताउनुभयो ।
‘पार्टी एकता हुँदा जे जे कुरालाई आधार मानेर हस्ताक्षर गरेका थियौं, त्यसबाट पछि हटे दुर्भाग्यपूर्ण हुनेछ । जस्ले सहमतीको पालना गर्दैन जो बिचलित हुन्छ उसलाई सबैले खण्डन गर्नुपर्दछ ’ प्रचण्डले भन्नुभयो ।
पार्टी एकतामा योगदान गर्नेहरुलाई आगामी महाधिवेशनले मुल्याँकन गर्नुपर्ने प्रचण्डको धारणा छ ।
पार्टीको तत्कालिन कार्यदिशा सम्वन्धिको राजनीतिक प्रतिवेदन तयार गर्न ढिलाई भएको जनाउँदै प्रचण्डले पहिला भएको सहमती अनुसार अव छिट्टै तयार हुने उल्लेख गर्नुभयो ।
जनताको बहुदलिय जनवाद की जनताको जनवाद भन्ने कार्यदिशाका सवालमा प्रतिवेदनमा के कसरी उल्लेख गर्ने भनेर शीर्ष नेताहरु बिच पछिल्लो पटक केही मतान्तर देखिएका छन् ।
केन्द्रिय सदस्यहरुको कार्यबिभाजन, फ्र्याक्सन , बिभाग लगायतको जिम्मेवारी वाँडफाडवारे अव छिट्टै प्याकेजमै टुँगोमा पुग्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।
अत्यन्त ठुलो मेहनतले पार्टी एकता सफल भएको जनाउँदै प्रचण्डले निर्वाचन अघि गठवन्धन तोड्न र निर्वाचन पछि एकता तोड्नै ठुलो षडयन्त्र भएको उहाँले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट