पुस्तक आयातको करका विषयमा काङ्ग्रेस नेता गगन थापाकाे आक्रोश

काठमाडौं, ८ असार ।
नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अब पुस्तक आयातमा समेत भन्सार लगाएर ज्ञानलाई नै नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’

आर्थिक वर्ष ०७६–७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत भन्सारको विरोध गर्दै थापाले यस्तो टीप्पणी गरेका हुन ।

‘भन्सार बढाउँदा पनि पुस्तक किन्न छाडेनन् भने एक जनाले कति पुस्तक ल्याउन पाउने हो कोटा तोक्नुस्, विमानस्थल जस्ता ठाउँमा सुरक्षा जाँच कडा गर्नुस्’ थापाले व्यंग गर्दैै भने, ‘किताब बढी ल्याउनेलाई दण्ड जरिवाना गराउनुस् । त्यसो गर्दा पनि नेपाली किताब नपढी नछाड्ने भने एक जना नागरिकले एक वर्षमा कति वटा किताब पढ्न पाउने हो त्यसको पनि कोटा तोकिदिनुस् ।’

शेयर गरौ

ताजा अपडेट