रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बुटवल, ८ असार ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलाैनिमा शनिबार राति बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
गएराति करिब १ बजेको समयमा महेन्द्रनगरबाट काठमान्डौ तर्फ जान अाउदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशातर्फ गैरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक र सवार एक जनाको मृत्यू भएको छ ।
प्रहरीका अनुसार मोटरसाइकललाई बसले ठक्कर दिएपछि मोटरसाइकलको ट्याङर्कीमा आगो लागेको थियो । जसवाट मोटरसाइकलमा सवार अन्दाजि २०–२५ वर्षका देखिने दुुई युवकहरु जलेका हुन् ।उनिहरुको अनुहार नै जलेका कारण पहिचान गर्न समेत समस्या परेको प्रहरीले जनाएको छ । मध्यरातको समय भएकाले पनि उनिहरुको तत्काल उद्धार हुन नसकेको स्थानियको भनाई रहेको छ ।

मृतक दुवै जनालाई पोष्टमार्टमका लागी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस सहित चालक सालझण्डी प्रहरीको नियन्त्रणमा रहेको छ ।

शेयर गरौ

ताजा अपडेट