सांसद रामलाल महतोको ध्यान नदी नियन्त्रणमा, १५ करोडको काम हुदैं, पाँच करोड पाईपलाईनमा

चितवन समाचारडटकम , १३ माघ ।
चितवन निर्वाचन क्षेत्र नम्वर ३ (ख ) का प्रदेश सभा सदस्य रामलाल महतोले आफ्नो निर्वाचन क्षेत्रमा प्राप्त बजेटको धेरै अंश नदी नियन्त्रणमा लगाउनुभएको छ । दर्जनौं खहरे र ठाडो खोलाले बर्षेनी सताउने चितवनको माडी र निकुञ्जका वारीका नदी नजिकका बस्तीहरु उहाँको निर्वाचन क्षेत्र भित्र पर्दछन् । क्षेत्रको भौगालिक अवस्था , बाढी र कटानवाट बर्षेनी वेहोर्नुपर्ने जनधनको क्षति र स्थानीय जनताको चाहाना मुताविक नदी नियनत्रणमा ध्यान केन्द्रीत गर्नुपरेको सांसद महतोले बताउनुभयो । अहिले आफ्नो क्षेत्रमा
नदी नियन्त्रण, शैक्षिक पूर्वाधार निर्माण, सिंचाई, कृषि, पर्यटन र अन्य फुटकर कार्यक्रममा १५ करोड रुपैयाँको काम भैरहेको र थप तटवन्धन काा लागी ५ करोड रकम पाईपलाईनमा रहेको महतोले जानकारी दिनुभयो । हाल जारी परियोजनाहरु निर्माण को अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
साांसद महतोले प्रदेश सरकारवाट प्राप्त बजेटलाई माडी नगरपालिका–९ मा घाँघर खोला नियन्त्रणका लागी ७४ लाख रुपैयाँ, माडी नगरपालिका वडा नम्वर ८ को पतरे खोला नियन्त्रण मा ४९ लाख रुपैयाँ, माडी नगरपालिका वडा नम्वर ९ को बगई खोला नियन्त्रणमा ४९ लाख रुपैयाँ, घाँघर सिचाई योजनामा एक करोड १४ लाख रुपैयाँ, माडी नगरपालिका वडा नम्वर ६मा पुष्पलाल मदन भण्डारी पुष्प वाटिका एक करोड रुपैयाँ , दक्षिण अयाध्यापुरी खानेपानी माडी मा ३० लाख रुपैयाँ, माडी नगरपालिकाको ठाडो खोलाहरुमा २ करोड रुपैया लगाइएको छ ।
त्यसैगरी जगतपुर, पार्वतीपुर, शुक्रनगर डिप ट्युवेलका लागी २ करोड ४७ लाख रुपैयाँ, सिद्धार्थ माबि कम्पाउण्ड,ल्याव र कम्प्युटर मा ५० लाख रुपैयाँ, जगतपुर घैलाधारी राप्ती नदी तटठवन्धन मर्मत मा ५० लाख रुपैयाँ, भरतपुर महानगरपालिका वडा नम्वर २२ मा मनमोहन स्मृति भवन निर्माण तथा विकास मा एक करोड , धनौजीमा कवर्डु हल निर्माण मा ५० लाख रुपैयाँको काम भएको महतोले जानकारी दिनुभयो ।
त्यस्तै , माडी नगरपालिका वडा नम्वर ६ जनकाल्याण माविको भवन निर्माणमा २० लाख रुपैयाँ, माडी नगरपािलकामा माछा पोखरी निर्माण १ करोड २६ लाख रुपैयाँ, माडी क्याम्पसको शौचालय सिनर्माण २५ लाख रुपैयाँ , अमर जनशक्ति वहुमुखी क्याम्पस भवन निर्माणको लागी ३०लाख रुपैयाँ उपलव्ध गराइएको सांसद महतोले जानकारीदिनुभयो ।
प्रदेश सरकारवाट राप्ती नदीको तटवन्धनका लागी थप ५ करोड रुपैयाँ पाईप लाईनमा रहेको उहाँले बताउनुभयो । सांसद महतोका अनुसार यो रकम पनि यसै आर्थिक बर्षमा प्राप्त गर्ने गरी काम भएको छ । जङ्गली जनावर नियन्त्रण र रिउको तटवन्धनमा थप कार्यक्रम हरु ल्याउन आफुले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । आफ्नो क्षेत्र भित्रका दुई पर्यटकीय क्षेत्र पटिहानी रमाडीको सोमेश्वर गढीलाई केन्द्र सरकारले पर्यटकी गन्तव्यका रुपमा सुचीकृत गरेकोले यहाँको पर्यटन विकासमा पनि थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

शेयर गरौ

ताजा अपडेट