चितवनकाे बजारमा एसियन कङ्क्रिटाेकाे माग बढ्दाे, गुणस्तरले जित्याे मन

चितवन समाचार डटकम, ७ असार ।
एसियन कङ्क्रिटाे रामग्राम नवलपरासीको उत्पादन टायल, माेज्याक, ईटा, कर्भस्टाेन आदिकाे खपत चितवनको बजारमा पछिल्लो पटक तीब्र वृद्धि भएको छ ।

बिगत तीन महिना यता यहाँको बजारमा तिनहजार मेट्रिकटन बराबरकाे उत्पादन खपत भएको एसियन कङ्क्रिटाे सेल्स मार्केटिङ विभागका भाईस प्रेसिडेन्ट श्यामल झाले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो ।
“हामी चितवनकाे खपत प्रति सन्तुष्ट छाै, सामाग्रीकाे गुणस्तरीयता नै ग्राहककाे राेजाईकाे मुल कारण हाे” झाले भन्नुभयाे ।
बास्तवमा चितवन र आसपासका उपभोक्ता अत्यन्तै सचेत रहेकाे जनाउँदै उहाँले एसियन कङ्क्रिटाेले आफ्नो उत्पादनकाे गुणस्तरीयतामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयाे ।

चितवनमा यस्काेे विक्रिबितरण ओम सञ्जिवनि कङ्क्रिटाे कन्सर्न भरतपुरले गर्दै आएको छ ।
कन्सर्नका प्रवन्ध सञ्चालक निरन्जन न्याैपानेका अनुसार चितवनमा पछिल्लो पटक एसियन कङ्क्रिटाेका उत्पादनहरुकाे खपत बढेकाे छ ।


गुणस्तर, आकर्षक, टिकाउ, धेरै भारवहन क्षमता आदिले गर्दा यहाँ विक्रि बढेको न्याैपानेले बताउनुभयाे ।
सार्वजनिक स्थान,व्यवसायीक स्थल, पार्क, मन्दिर जस्ता ठाउँमा माग बढेकाे उहाँले जानकारि दिनुभयो ।
पटिहानिकाे अम्व्रेला स्ट्रिट, लङ्कुकाे जेम्स फनपार्क, भरतपुर औधोगिक प्रदर्शनी स्थलको परिसर जस्ता ठाउँमा एसियन कङ्क्रिटाे नै प्रयाेग भएको न्याेैपानेले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट