नेपाल औषधि व्यावसायी संघ चितवन शाखाको अध्यक्षमा भण्डारी

चितवन, ६ असार :

नेपाल औषधि व्यावसायी संघ चितवन शाखाको छैठौ अधिवेशनबाट ईश्वर प्रसाद भण्डारी अध्यक्षमा सर्वसम्मत निवार्चित हुनुभएको छ ।

उद्योग वाणिज्य संघ चितवनको सभाहलमा भएको अधिवेशनबाट उपाध्यक्षमा विनोद प्रसाद तिमिल्सेना, महासचिवमा लक्ष्मिलाल श्रेष्ठ, कोषध्यक्षमा बिष्णु प्रसाद बास्तोला, सचिवमा तारानाथ अधिकारी, सह–कोषाध्यक्षमा हरि प्रसाद ढकाल चयन हुनुभएको छ ।

त्यसैगरि सदस्यमा विनोद पन्त, कपिल सुबेदी, टेकप्रसाद सापकोटा निवार्चित हुनुभएको निवार्चन समिति संयोजक अर्जुन अधिकारी बताउनुभयो ।

कार्यक्रम नेपाल औषधि व्यावसायी संघ चितवन शाखाका अध्यक्ष बद्रि खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।

शेयर गरौ

ताजा अपडेट