कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री चौधरीद्धारा तरकारी जोन चितवनको फिल्ड अनुगमन

पार्वतीपुर, १२ माघ : 
कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री राम कुमारी चौधरीबाट प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन इकाई तरकारी जोनको फिल्ड अनुगमन भएको छ । राज्य मन्त्री चौधरीले किसानहरुसँग जोनको गतिविधिको बारेमा चासो समेत राख्नुभएको थियो ।

जोनमा आवद्ध रहेका सुचीकृत किसानहरुको तरकारी बालीको अनुगमन गरिएको थियो । मन्त्री चौधरीले जोनमा सुचीकृत किसान दिपक गुरुङको तरकारी खेती अवलोकन गर्नु भएको थियो ।

किसान गुरुङ ठूलो क्षेत्रमा अरुको जग्गा भाडामा लिएर खेती गरे पनि उचित मूल्य नपाएर जोताउन परेको भन्दै दुखोसो व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, “बाझो रहेको जमिनमा खेती गरेको छु आज छोड वा भोली छोड भन्लान् ठेगान छैन ।” जवाफमा मन्त्री चौधरीले जग्गा बाझो राख्नेलाई सरकारले कारबाही गर्ने गरि संविधान संशोधन गर्न लागेको बताउनु भयो । “किसानका माग सम्बोधन गर्न सरकार तयार छ प्रतिवद्ध छ । किसानको मूख्य समस्या बजारीकरण नहुनु नै हो सरकारले काम अगाडी बढाउदै छ ।” उँहाले भन्नु भयो ।

परियोजनको नाम ठूलो तर बजेटको परिधि नै कम भएकाले सवै कृषकका चाहाना पुरा गर्न नसकिएको जोनकी संचालक समिति संयोजक बालिका गिरीले जानकारी दिनुभयो ।
तरकारी उत्पादन गरेर पनि कृषकले उपयुक्त मूल्य पाउन नसक्ने समस्यालाई निरुत्साहित गर्न पनि कार्यलयले कृषकहरुलाई आवश्यक सहजीकरण र सुझाव दिने गरेको कार्यालयका प्रमुख एवम् बरिष्ठ कृषी अधिकृत भरतवहादुर आचार्यले बताउनुभयो । “ हामी किसानलाई अफ सिजनका तरकारी उत्पादन गर्न , आधुनिक मेशिन औजारको प्रयोग गरी लागत कम गर्न, आधुनिक पद्धतीले तरकारीको उत्पादन गर्न प्रेरित गर्छौ”–आचार्यले भन्नुभयो । व्यवसायिक तरकारी उत्पादनमा जमिनको खण्डीकरण र जनशक्तिको पलायन प्रमुख चुनौती रहेको छ ।

शेयर गरौ

ताजा अपडेट