गोविन्द घिमिरे
गैँडाकोट ४ असार
गैँडाकोट नगरपालिकाको सबैभन्दा ठुलो खानेपानी संस्था गैँडाकोट पम्पीङ स्किम तथा खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागी बिहिवार मतदान हुने भएको छ ।
२०५३ सालमा स्थापना भएको सो खानेपानी संस्थाको नयाँ नेतृत्व चयनका लागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काग्रेश विच प्यानलनै खडा गरेर मतदान हुन लागेको हो । खानेपानी जस्तो पवित्र संस्थामा प्यानलनै खडा गरी राजनिति गरेको भन्दै सर्वसाधरणले विरोध गरेका छन्।
नेकपाले अध्यक्षमा बलराम चालिसेलाई अगाडी सारेको छ भने नेपाली काग्रेशले शोभाखर रिमाललाई अध्यक्षको रुपमा उभ्याएको छ । नेकपाले अगाडी सारेका अध्यक्षका उम्मेदवार चालिसे यसभन्दा अघि २ पटक उपाध्यक्ष भएर कार्य गरिसकेका छन भने काग्रेशबाट अध्यक्षमा उठेका रिमाल १९ वर्षदेखि लगातार अध्यक्ष भएर कार्य गरिसकेका छन।
नेकपाको तर्फबाट उपाध्यक्षमा भुमा पून मगर, सचिवमा श्रीहरी चालिसे, कोषाध्यक्षमा कृष्ण पौडेल, सहसचिवमा श्रीराम सुवेदी रहेका छन्भने सदस्यहरुमा सुन्तली थारु, सुभद्रा आचार्य, बसन्ती गौतम, कृष्ण पराजुली ,अर्जुन पोखरेल , एकदेव घिमिरे, रामनाथ अधिकारी र खुमनाथ तिमिल्सीना रहेका छन ।
उता नेपाली काग्रेशको प्यानलबाट उपाध्यक्षमा तारादेवी शर्मा गौतम, सचिवमा डिल्लीराज घिमिरे, कोषाध्यक्षमा रोशन सापकोटा, सहसचिवमा खडानन्द उपाध्याय रहेका छन । त्यसैगरी सदस्यहरुमा विपिनभक्त अधिकारी, खडानन्द काफ्ले, नन्दप्रसाद घिमिरे, नरबहादुर कुमाल, महेन्द्र कार्की, शान्ती सुवेदी, गिता तिवारी र राधिका सापकोटा रहेका छन् ।
गैडाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको खानेपानी सस्थाको कार्यालयमा विहान ८ बजेपछि मतदान प्रकृया सुरु हुने निार्वाचन समितिका संयोजक जनक ढुगांनाले जानकारी दिए । खानेपानी उपभोक्ता सस्थाको विधानमा २० धारा बराबर १ मतदाता कायम रहने प्रावधान अनुरुप कुल २५९ मतदाताले भोलीको च्ुनावमा मत दिने ढुगांनाले बताए । गैडाकोट नगरपालिका वडा नम्बर १,२,४,५,६ र ८मा गरी ५ हजार २ सय ५० धारा वितरण गरिसकेको खानेपानी सस्थाको ४ करोड ५० लाख रुपैया बैङक मौज्दात रहेको छ ।


