चितवन समाचारडटकम, ४ असार ।
पाँचौ अन्तराष्ट्रिय योग दिवसका अवसरमा पतञ्जली योग समिति चितवनले यही असार ६ गते भरतपुरमा वृहत योग शिवीरको अयोजना गरेको छ । भरतपुरको जुनीयर प्रहरी अधिकृत तालिम केन्द्र भित्र असार ६ गते बिहान ५ बजे देखि ७ बजेसम्म कार्यक्रम हुने आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईयो ।
पूर्व प्रधानमन्त्री एवम्् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद््घाटन गर्नुहुने कार्यक्रमा बरिष्ठ योग प्रशिक्षक लोकनाथ खनालले प्रशिक्षण दिने कार्यक्रम संयोजक ज्ञानेन्द्र विक्रम महतले बताउनुभयो । कार्यक्रमलाइ सम्पन्न गर्न पतञ्जली योग समितिका संरक्षक महतको संयोजकत्वमा एक सय ११ सदस्यीय समारोह समिति गठन गरिएको छ ।
करिव चार हजार जना ब्यक्ति अटाउन सक्ने क्षमता रहेको तालिम केन्द्र चौरमा हुने शिविरमा आउन चाहाने सबैलाई प्रवेश खुला रहने कार्यक्रमका प्रचार संयोजक टंकनाथ पौडेलले बताउनुभयो ।
समारोहका तयारीका लागी मुल समिति संगैं स्वागत उपसमिति, मञ्च ब्यवस्थापन उपसमिति, खानेपानी व्यवस्थापन उपसमिति र प्रचारप्रसार उपसमिति गठन गरिएको आयोजक समितिका सदस्य उमाशंकर अग्रवालले जानकारी दिनभयो ।


