अमिर रामदाम,
गैडाकोट, २ असार । लायन्स क्लब अफ नारायणगढ पिसचौतारीद्धारा कालिगण्डकी बाल विकास केन्द्र केलादी गैडाकोटका विध्यार्थीहरूलाई सोमबार शैक्षिक सामाग्री वितरण गरेको छ ।
कार्यक्रम लायन्स क्लब अफ नारायणगढ पिसचौतारीका अध्यक्ष रविन्द्र पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो भने विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि नारायण श्रेष्ठ, स्थानिय समाजसेवी शंकरराज पाण्डे, शिक्षिका मिनाकुमारी थापाको उपस्थिति रहेको थियो ।
क्लबले सोमबार विध्यार्थीहरूलाई स्कूल ब्याग, ड्रेस, कापी, कलम लगायतको शैक्षिक सामाग्री वितरण गरेको थियो ।
कार्यक्रममा शिक्षिका मिनाकुमारी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा क्लबका अध्यक्ष पन्थीले सहयोगका लागी धनि नै हुनुपर्छ भन्ने छैन् मन भए पुग्ने कुरा जिकिर गरे । उनले सुगम क्षेत्र गैडाकोटमा समेत बच्चाहरूको पठनपाठनमा यस्तो समस्या रहेको थाहा पाउँदा आफूहरू दुःखी भएको जानकारी दिए साथै अन्य सहयोगी मनहरुलाई समेत सहयोगको अपिल गरे ।


