मझुवा सामुदायीक वनको अध्यक्षमा राजकुमार तामाङ निर्वाचित

 

चितवन, २ असार ।

भरतपुर महानगर क्षेत्रमा पर्ने मझुवा सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा राजकुमार तामाङ निर्वाचित भएका छन् ।
साविक शारदानगर र गुञ्जानगरमा अवस्थित सामुदायीक वनको अध्यक्षमा तामाङले प्रतिद्वन्दी बुद्धिमान तामाङलाई ६ मतले पछि पारे । राजकुमारले ४५ मत ल्याए । बुद्धिमान निवर्तमान अध्यक्ष हुन् । राजकुमार बुद्धिमान पहिलेको कार्यकालका अध्यक्ष हुन् । कार्यसमितिको उपाध्यक्षमा गुणराज पौडेल (४४), सचिवमा संगिता महतो (४५), सहसचिवमा पुष्पराज अधिकारी (४६), कोषाध्यक्षमा भरतराज पौडेल (४४) मत ल्याएर विजयी बने ।
करिव १ सय ९६ हेक्टरमा फैलिएको सामुदायीक वन पर्यटन क्षेत्रका लागि महत्वपूर्ण क्षेत्र समेत हो । नवनिर्वाचित अध्यक्ष राजकुमार तामाङले मझुवालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
“दोस्रो पटक अध्यक्ष बनेको छ, पर्यटन पूर्वाधारका लागि ध्यान दिनेछु”, उनले भने, “आसपासका क्षेत्रमा होमस्टे प्रर्वधन गरिनेछ ।” हाल सञ्चालनमा रहेको होमस्टेलाई विस्तार गर्दै अन्य स्थानीयलाई समेत होमस्टे सञ्चालन गर्न प्रोत्साहन गरिने बताए । “अब पर्यटक घुम्न पैदल मार्ग बनाइनेछ, भ्यूटावर बनाइनेछ”, उनले भने, “गैडा, बाघ, जरायो लगायतका जनावर सहजै हेर्ने व्यवस्था मिलाइनेछ ।” हाल सञ्चालनमा रहेको पीकनिक स्पटमा आवश्यक पूर्वाधार थप गरिने बताए । नारायणगढबाट करिव १४ किमिको दुरीमा रहेकाले विदेशी तथा स्वदेशी पर्यटक रमाउने केन्द्रका रुपमा विकास गर्न सकिने बताए । सामुदायीक वन नजिकका स्थानीयको जीवनस्तर सुधारका लागि वनको आम्दानीबाट योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने बताए ।

शेयर गरौ

ताजा अपडेट