प्रदेश नं. ५ को सरकारले ल्यायो ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट

बुटवल, १ असार । प्रदेश नं. ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्मालेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाको बजेट ल्याउनु भएको छ ।

कुल बजेट मध्ये चालु तर्फ १३ अर्ब ४५ करोड ५ लाख अथार्त ३६.९४ प्रतिशत र पँुजिगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अथार्त ५१.०१ प्रतिशत बजेट विनियोजन गरिएको छ । वित्तिय हस्तान्तरण अन्तर्गत स्थानिय तहलाई उपलब्ध गराईने सशर्त अनुदान तर्फ १ अर्ब ३८ करोड ९८ लाख, वित्तिय समानिकरण अनुदान तर्फ ५० करोड र विशेष अनुदान तर्फ १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख बजेट विनियोजन गर्नु भयो ।

खर्च व्यवस्थापनका लागि आन्तारिक राजश्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजश्व बाँडफँटबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँट बाट ३० करोड, वित्तिय समानिकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालु आर्थिक बर्षको बचत रकमबाट ५ अर्ब, समपुरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड प्राप्त हुनेछ ।

शेयर गरौ

ताजा अपडेट