गर्मी बढेपछि गैँडाकोटमा ३ दिनलाई बिद्यालय बन्द

चितवन समाचार डटकम, १ असार ।

गर्मी बढेकाले गैडकोट नगरपालिकाका बिद्यालय ३ दिनका लागी बन्द भएका छन् ।

असार २,३ र ४ गते तीन दिनको लागी बन्द गर्ने निर्णय भएको गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो ।

गर्मीले बिद्यालयमा पठनपाठनमै समस्या परेपछि बिद्यालय बन्द गर्ने निर्णय लिइएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रका सामुदायिक र नीजी सबै बिद्यालय तीन दिन बन्द हुनेछन् ।

शेयर गरौ

ताजा अपडेट