चितवन समाचार डटकम,
३२ जेठ । प्रतिनिधि सभाका कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संविधानले व्यवस्था गरे अनुसार खाद्य अधिकार पूरा गर्न उत्पादनलाई बृद्धि गर्नु पर्ने बताउनु भएको छ ।
चितवनको रामपुरमा कृषि विश्व विद्यालयले आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेलाको उद्घाट कार्यक्रमलाई सम्वोधन गर्दै उहाले उत्पादनलाई बृद्धि गरेर आयात घटाउनु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘संविधानले मौलिक अधिकारमा खान नपाउनेलाई राज्यले खान दिने भनी उल्लेख गरेको छ तर अहिलेकै अवस्थामा त्यो सम्भव छैन ।’ संविधानले उल्लेख गरेका धेरै अधिकार पूरा गर्नको लागि सबै क्षेत्रबाट काम गर्नु आवश्यक रहेको बताउनु भयो ।
संविधान अनुकुल निर्माण भएका नयाँ कानुनहरु सर्वसम्वत रुपमा पारित भइराखेको जानकारी दिनु भयो । देश विकासमा प्रतिपक्ष सत्ता पक्ष भनेर विभेद गर्न नहुने भन्दै अहिलेको सरकारले देश निर्माणमा सबै पार्टीसंग समन्वय गरेर अगाडि वढेको बताउनु भयो । आफ्नो समितिबाट निर्माण भएका कानुनहरुलाई सर्वसम्मत रुपमा पारित गरेको जानकारी दिनु भयो । चिकित्सा ऐन बाहेक अन्य सबै कानुनहरु सर्बसम्मत भएको भन्दै देश निर्माणमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले अबको एउटै लक्ष्य समृद्ध नेपाल सुखी नेपाली भएकाले विकासमा सबैको साथ आवश्यक रहेको बताउनु भयो । विमती भए छलफलको माध्यमबाट समाधान गर्न सकिने भन्दै विकासमा एउटै हात एउटै काँध हुनु पर्ने बताउनु भयो । कृषि प्रदान देश भएपनि कृषि उत्पादनलाई सोचेजती बृद्धि गर्न नसकिएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले देशको विकासमा सत्ता पक्षले प्रतिपक्षसंग समन्वय गरेर अगाडि वढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका युवकध्वज जिसी, कृषि तथा वन विश्वविद्यालयका मनराज कलक्षपति, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान लगायतले मन्तब्य राख्नु भएको थियो ।
कृषि संग सम्वन्धीत विभिन्न जानकारी दिने उद्देश्यले आयोजना गरिएको मेला आजबाट शुरु भइ असार ३ गतेसम्म चल्ने छ । यहाँ आधुनिक कृषि प्रणाली, विदेशी प्रविधि लगायतको प्रदर्शनी राखिएको छ । मेलको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिलाई पुरस्कार तथा पुस्तक विमोचन गरिएको थियो ।


