चितवन समाचार डटकम,
३२ जेठ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मोडलको विकास तर्फ नेपाललाई लैजाने तयारी भएको बताउनु भएको छ ।
चितवनको रामपुरमा कृषि विश्व विद्यालयले आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेलाको आज उद्घाटन गर्दै उहाले पुरानो ढंगले विकास अव संभव छैन त्यसैले नयाँ मोडलको विकास आवश्यक रहेको बताउनु भयो । समय अनुकुल विकास गर्न नसक्दा नेपाल पछाडि परेको स्मरण गर्दै उहाले समय अनुसार सरकारले काम गर्न नसकेको स्वीकार्नु भयो । विकसित मुलुकमा कृषिलाई धेरै महत्वको रुपमा हेर्ने गरिएपनि नेपालमा भने यसको महत्व चिन्न नसक्दा पछि परिएको उहाँको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले भन्नु भयो कृषिलाई आधुनिककरण नगरेसम्म विकासको स्वाद चाख्न पाइदैन । देशको आर्थिक विकासको लागि कृषिलाई आधुनिकीकरण गर्नु अपरिहार्य छ । नेपालमा उत्पादन भएको सामग्रीले यहीकालाई खान नपुगेको भन्ने भनाइ प्रति खण्डन गर्दै अध्यक्ष प्रचण्डले भन्नु भयो ‘हामी प्रविधि भित्राउदैनौ पुरानै शैलीबाट काम गर्छौ अनि कसरी उत्पादन बृद्धि गर्न सकिन्छ ।’
समय अनुकुलका विकासका सामग्री ल्याएर यहाँको कृषि उत्पादनलाई बृद्धि गराउनको लागि सम्वन्धीत क्षेत्रलाई आग्रह गर्नु भयो । उहाले भन्नु भयो ‘१० करोड जनतालाई खान पुग्नेगरी उत्पादन गर्न सक्ने क्षमता नेपाली माटोमा छ, तर यो हामीले चिन्न सकेका छैनौ ।’ समय अनुसार काम गरेमा नेपाली जनतालाई खान पुगेर विदेश निर्यात गर्न सकिने अध्यक्ष प्रचण्डले बताउनु भयो ।
समाजबाद ल्याउनको लागि उतपदन र रोजगार प्रयाप्त हुनु पर्दछ । हामी समाजवादको कुरा गछौ तर अभाव, आयातमा बाचेका छौ यसरी समाजवाद आउदैन । हामीले अहिलेबाटै उत्पादनलाई जोड दिनु पर्दछ त्यो पनि कृषिको माध्यमबाट । रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थी समेत रहनु भएको पूर्व प्रधानमन्त्री प्रचण्डले कृषिमा इजरायलको प्रविधि नेपालमा भित्राउनको लागि सरकारको तयारी रहेको जानकारी दिनु भयो । भुगोलको हिसाबले चीन र भारत ठुलो भएपनि कृषिको उत्पादनको हिसाबले इजरायल धेरै अगाडि गएको बताउनु भयो । राजनीति दलका शिर्षनेताहरुले इजरायलको कृषि उत्पादन भ्रमण गरेर नेपालमा ल्याउन सकिने विधि भित्राउने तयारी भएको जानकारी दिनु भयो ।


