चार्जमा रहेको मोवाईलमा भिडीयो हेर्दा करेण्ट लागेर एक युवतीको मृत्यु

तनहुँ, १२ माघ ।

मोबाइल चार्जमा राखेर भिडियो हेर्ने गर्नुभएको छ ? यस्तो बानी छ भने आजैवाट छाड्नुस् । सामान्य असावधानीले ज्यानै लिन सक्छ । यस्तै दुखद घटना शुक्रवार राती तनहुँमा भएको छ । मोईवाल चार्जमा राखेर भिडियो हेर्दैगर्दा करेण्ट लागेर
तनहुँमा गएराति एक युवतीले ज्यान गुमाउनु परेको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–१ सेटाङका २० वर्षीया मीरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।
यसैविच तनहँुमा शुक्रवार राती ट्याक्टरको ठक्करवाट एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–१३ बेलवासमा गए राति ट्याक्टरको ठक्करवाट गुल्मी साविक फोक्सिङ गाविस–५ का २२ वर्षीय सूर्य नेपालीको मृत्यु भएको छ । कोइदिमबाट दमौलीतर्फ आउँदै गरेको ग१त ४६७१ नंको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने नेपालीको शव दमौली अस्पतालमा राखिएको छ ।

शेयर गरौ

ताजा अपडेट