युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा दाताराम घिमिरे चयन

चितवन समाचार डटकम,जेठ ३१ ।
उद्योग वाणिज्य महासंघकै युवा मोर्चाको रुपमा रहेको युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा दाताराम घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ ।
भरतपुर महानगरपालिका वडा नम्वर २३ जगतपुरमा भएको मञ्चको दोश्रो साधारणसभा एवम् अधिवेशनबाट घिमिरे सहित नयाँ कार्यसमिति निर्बिरोध चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, द्धितीय उपाध्यक्ष राजेश गौतम चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा अञ्जन शाक्य,, सुर्यभक्त अधिकारी, विश्वास अधिकारी ,बिकल दाहाल ,नबिनसागर कर्माचार्य रहनुभएको छ ।
अधिवेशनमा निर्वतमान अध्यक्ष निरञ्जन न्यौपानेले घिमिरेलाई अध्यक्षको पदभार हस्तान्तरण गर्नुभएको थियो । पूर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्य एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको बिशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट