चितवन काँग्रेसले आज माडीमा सभा गर्दै, गगन थापाले संवोधन गर्ने

माघ १२, चितवन ।
नेपाली कांग्रेस चितवनले जिल्लामा संगठन सुदृढिकरण कार्यक्रम अन्तर्गत आज माडीमा सभा गर्दैछ ।
पहिलो चरणमा जिल्लाका तीन स्थानीय तहमा प्रशिक्षण तथा भेला कार्यक्रम गरिने योजना अनुसार आज माडीमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा नेपालीका काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले संवोधन गर्नुहुनेछ । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार आज माडी नगरपालिका, १६ गते खैरहनी नगरपालिका र १९ गते राप्ती नगरपालिकामा प्रशिक्षण गरिने छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेपाल महिला संघ माडी नगर अध्यक्ष शिवमाया भट्टराईले जानकारी दिनु भयो ।

ताजा अपडेट