कटारीको बेतीनीमा जीप दुर्घटना, एकजनाको मृत्यु

गाईघाट, ११ माघ :
उदयपुरको कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग१ज ४८४६ नंको बोलेरो जिप कटारी नगरपालिका–११ को बेतीनीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुव श्रेष्ठका अनुसार शुक्रवार जिप सडकबाट पचास मिटर तल खस्दा चालक तेजबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ ।

शेयर गरौ

ताजा अपडेट