दक्षिणी चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गयो

काठमान्डौं, २९ जेठ :

दक्षिणी चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन् ।

वर्षाले सयौँ घरमा क्षति पुर्‍याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ । अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण २० लाख मानिसहरु प्रभावित भएका छन् भने सडक तथा पुलमा नराम्ररी क्षति पुगेको छ ।

ग्वाजो प्रान्तको एउटा शहर नै दुई मिटर पानीमा डुबेको छ । मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायका अनुसार दक्षिणी प्रान्त जियाङ्ग्सी र हुनानमा जुन महिनायताकै सबैभन्दा बढी वर्षा भएको छ ।

ताजा अपडेट