काठमाडौं, २९ जेठ
नयाँ दिल्ली स् भारतमा विगत दुई हप्तादेखि बढेको ‘अत्यधिक गर्मी’का कारण राजधानी नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार यात्रीको मृत्यु भएको छ मृतक रेलयात्री चारैजनाको अत्यधिक गर्मीका कारण मंगलबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकमध्ये एक जना ८१ वर्षीय वृद्ध भएको पनि बताइएको छ । मृतकको शव झाँसीमा रेलबाट उतारिएको छ ।
आगराबाट ६५ जनाको एक समूह कोयम्बतूर गइरहेको थियो ।


