काठमाडौं, २७ जेठ । बलिउडकी मोडल पुनम पाण्डे सधै कुनै न कुनै विवादमा आइरहन्छिन् । उनी अश्लिल हाउभाउका कारण बढी विवादित बन्छिन् । बलिउडमा जम्ने उनको योजना खासै सफल भएन । पाण्डे अहिले सामाजिक सञ्जालमा उत्तेजक तस्वीर राखेर चर्चामा छिन् ।
उनै पाण्डेले आइतबार बेलुका भएको भारत र अष्ट्रेलियाबीचको विश्वकप क्रिकेट खेलपछि एउटा उत्तेजक तस्वीर सार्वजनिक गरेकी छिन् । भारतले अष्ट्रेलियालाई हराएपछि उनले टिम इण्डियाको लागि भन्दै उत्तेजक तस्वीर सार्वजनिक गरेकी हुन् ।
उनी यस्तै खालका तस्वीर राखेर चर्चित बन्ने धुनमा छिन् । उनले केही समय अगाडि भारतले क्रिकेटको विश्वकप जितेको खण्डमा मैदानमा नाङ्गै दौडने घोषणा समेत गरेकी थिइन् । यस पटक उनले यस्तो विवादास्पद घोषणा भने गरिसकेकी छैनन् । एजेन्सी


