रत्ननगर २६ जेठ ।
रत्ननगर नगरपालिकामा सञ्चालित वाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत नगर भित्रका सात वटा विद्यालयलाई स्टेशनरी सहयोग गरिएको छ ।
वालश्रम न्यूनीकरण कार्यक्रमको सेवा प्रदायक संस्था रत्ननगर उद्योग बाणिज्य संघले गरिब समुदायका विद्यालय पढने विद्यालयको छनौट गरी स्टेशनरी सहयोग गरेको हो ।
एउटा विद्यालयमा २०० देखि ४०० सम्म कपी,१०० देखि २०० सम्म कलम र सोही संख्यामा पेन्सील र इलेजर प्रदान गरिएको वालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक दीपक कुमार कर्माचार्यले बताए ।
रत्ननगर १ मा रहेको ओम शान्ति आधारभूत विद्यालय,वडा नं ११ मा रहेको पञ्चतेज ज्योति आधारभूत विद्यालय,वडा नं १५ मा रहेको विन्देश्वरी मावि,सोही वडामा रहेको आधारभूत विद्यालय माधवपुर,माधवपुर मावि,वडा नं १३ मा रहेको देविरमण आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयमा कापी,कलम,पेन्सील,इरेजर प्रदान गरिएको हो ।
सात वटै विद्यालयमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी संघका अध्यक्ष राजाराम रेग्मी,कार्यक्रम संयोजक कर्माचार्य र पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले सो सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
अध्यक्ष रेग्मीले शैक्षिक सामाग्री नभएर विद्यालय जान नसकेका विद्यार्थीहरुलाई केन्द्रित गरी विद्यालयलाई स्टेशनरी सहयोग गरिएको बताए । संघका अध्यक्ष रेग्मीले वालश्रम विरुद्धको विश्व दिवसको अबसरमा आयोजित सप्तहा व्यापी कार्यक्रम अन्तर्गत विद्यालयलाई स्टेशनरी प्रदान गरिएको बताए ।
माधवपुर माविमा गरिएको कार्यक्रममा वडा नं १५ का अध्यक्ष हुमनाथ लामिछानेले वालमैत्री वडा घोषणा कार्यान्वयनको लागि आफु लागि परेको बताए । रत्ननगरलाई सन २०१९ भित्र वालमैत्री नगर बनाउने उद्देश्यका साथ श्रमिक वालवालिकालाई श्रमबाट मुक्त गरी परिवारमा पुनर्मिलन,उनीहरुलाई शिक्षा,अभिभावकको आयआर्जनको तीब्र रुपमा काम भइरहेको मेयर नारायण वनले बताए ।


